रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा फर्किए
एमालेको घर फर्क अभियान
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ०२:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाउँदै आएका विघटित नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् ।
एमालेले सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर स्वागत गरे । पार्टीमा समाहित हुने नेताहरूले सांकेतिक रूपमा अध्यक्ष ओलीलाई कलम (नेकपा एसको चुनाव चिन्ह) हस्तान्तरण गरेका थिए ।
झाँक्री र श्रेष्ठसहित केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत ठूलो संख्याका पार्टी सदस्यहरू एमालेमा फर्किएका छन् ।
Facebook Comments