मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ००:१५
काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
भण्डारीले आजै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन् । उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी ठूलो दलको हैसियतमा यादवलाई महोत्तरीको एक होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्ने आवास र मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गरेका थिए ।
Facebook Comments