ललितपुर महानगरपालिकामा आगलागी आपतकालीन सूचना प्रणाली जडान

के गर्छ आगलागी आपतकालीन सूचना प्रणालीले ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/shares/chiri-9.jpg

ललितपुर। ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली जडान गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरेका हुन् । 

जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो। आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने यो सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउँछ।

उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीको जडान गर्ने बताए । 

‘यस्तो प्रविधिले ठ्याक्कै लोकेशन बताउँछ । यो काम हाम्रा वैज्ञानिक साथीहरुको हो । तसर्थ यस्तो आविष्कारलाई पाटन दरवार क्षेत्र र पाटन अस्पतालमा जडान गर्ने उहाँ स्पोन्सर पनि हो । हामीले डेमो गर्न खोजेका हौं । यसले राम्रो काम गरेको अवस्थामा ललितपुर महानगरपालिकाको प्रत्यक चोक चोकमा स्विच जडान गर्नेछौ,’ उनले भने। 


Facebook Comments