मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेशका ७४ सांसदले सर्वोच्चमा दिएकाे रिट निवेदन दर्ता, कहिले छ पेसी ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते २१:१९
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha_1.jpg

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको विषयलाई लिएर सत्तारूढ र अन्य विपक्षी दलहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपासहितका मधेश प्रदेशका ७४ सांसदले मंगलबार सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको हो । 

उक्त रिटकाे पेसी कात्तिक २६ गतेका लागि तोकिएको छ । 

रिट निवेदनमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपाका सरोजकुमार यादव, माओवादीका युवराज भट्टराई र लोसपाका जयलुन राइन लगायतका नेताहरू छन् । 

दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमालेका नेता यादवलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यसै विवादका बीच सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा बिरामीको बहाना बनाई नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराइएको थियो ।

यस विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेका छन् ।

 


Facebook Comments