डिशहोम र द ट्राङक्विलिटी स्पाबीच सम्झौता, स्पाका सबै शाखामा डिशहोमका ग्राहकलाई छुट

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/tranqulity-spa.jpg

काठमाडौं । डिशहोमले द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ। ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्यसहित डिशहोमले उक्त सम्झौता गरेको हो । 

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत स्पासँग सहकार्य गरिएको हो । सम्झौता पत्रमा ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यू प्रोडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन्।

सहकार्यसँगै अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुट पाउने छन् । डिशहोमका अनुसार अब डिशहोमका ग्राहकहरुलाई सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट हुेनेछ । यो सुविधा सक्रिय डिशहोम ग्राहकहरूका लागि, 'माइडिशहोम एप' मार्फत उपलब्ध हुनेछ ।


Facebook Comments