शिलान्यास भएको ६ वर्षपछि फलेवास नगर अस्पताल निर्माण गर्न सुरु

दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/falewas.PNG

पर्वत । एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो । 

अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 


Facebook Comments