आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते २१:५७
काठमाडौं । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
Facebook Comments