रास्वपा प्रमुख सचेतक परियारले दिए पार्टीबाट राजीनामा
रास्वपाभित्रको खलबली जारी
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।
पार्टीभित्र पछिल्लो समय चर्किएको नेतृत्व परिवर्तनको बहसमा परियार पनि सक्रिय थिए । यसअघि चितवनमा भएको विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
परियार हाल जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द ’विप्लव’, मानुषी यमी लगायतका नेताहरूसँग संवादमा रहेको रास्वपा स्रोतले जनाएको छ । यद्यपि, उनले राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको बताए ।
यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन् । रास्वपाभित्र आन्तरिक असन्तुष्टि बढिरहेका बेला प्रमुख सचेतककै राजीनामाले पार्टीमा थप खलबली मच्चिएको छ ।
Facebook Comments