आगामी चुनावको लागि दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ३० गते १९:१४
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको लागि दिएको समय अवधि आज सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो ।
यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
हालसम्म आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यद्यपि आज अन्तिम दिन भएकाले जम्मा संख्याको टुंगो लागिसकेको छैन ।
Facebook Comments