गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्नेछ । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृहमन्त्री अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।
Facebook Comments