कैलालीमा २० ग्राम हेरोइनसहित ९ जना पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/pak.jpg

धनगढी । कैलालीका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

लागुऔषध ओसारपसारमा प्रयोग भएका चार वटा मोटरसाइकल समेत बरामद भएका छन् ।

डडेल्धुराका गणेशबहादुर डाँगी सहित डोटीकी डम्मरी भण्डारी र डडेल्धुराका डम्मर बोहरालाई ९ ग्राम २९० मिलिग्राम हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

भलम्कीचुहाका रिजन मगर र आकाश चौधरीलाई ५ ग्राम ४२० मिलिग्राम हेरोइनसहित नियन्त्रणमा लिइएको छ ।

बिजय बिष्ट र राज चौधरीलाई ५ ग्राम ७५० मिलिग्राम हेरोइनसहित पक्राउ गरिएको छ ।

लम्कीचुहाका कमल जैसी र लक्ष्मण बोहरालाई पनि १५० मिलिग्राम हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका सबैमाथि थप अनुसन्धान अघि बढाएको छ ।


Facebook Comments