प्रहरी ह*त्या प्रकरण : ४ जनालाई थुनामा पठाउने आदेश
आरोपीको सङ्ख्या ८ पुग्यो
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ३० गते १९:५०
काठमाडौं । जिल्ला अदालत काठमाडौंले महाराजगञ्जमा प्रहरी जवान उत्तम थापाको हत्या अभियोग लागेका थप ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आइतबार गोर्खाका सोम गुरुङ, तनहुँका राजीव गुरुङ, पर्साका युनिक श्रेष्ठ र सिन्धुलीका विनोद कार्कीलाई कारागार चलान गर्ने आदेश दिएको हो ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।
यसअघि पनि जिल्ला अदालतको आदेशमा जवान थापाको हत्या आरोपमा युवराज क्याप्छाकी र सोनाम तामाङ तथा असई रायको हत्या आरोपमा होम प्रसाद पौडेल र टिकाराम बिक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
यससँगै प्रहरी हत्यामा संलग्न भएको अभियोगमा थुनामा जाने आरोपीहरूको सङ्ख्या ८ जना पुगेको छ ।
Facebook Comments