नेप्से परिसूचक ५ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ३० गते १९:४८
काठमाडौं । यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ५.१५ अंकले घटेर २,५४०.५७ बिन्दुमा कायम भएको छ ।
आज ३३७ कम्पनीका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच भएका छन् । कुल ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ बराबरको कारोबार भएको छ ।
उपसूचकमा होटेल तथा पर्यटन, उत्पादन तथा पर्यटन र अन्य समूह बाहेक सबै समूहको उपसूचक घटेका छन् ।
आज कारोबारमा सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Facebook Comments