'नागरिक बचाउ दल नेपाल' आयोगमा दर्ता, दुर्गा प्रसाईं संरक्षक

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते १९:४८
Image of https://mayorsap.com/storage/photos/shares/nagarik-bachau-dal-nepal-1763279314.jpg

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं संरक्षक रहने गरी ‘नागरिक बचाउ दल नेपाल’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

आइतबार सभापति माधव खतिवडाको नेतृत्वमा यो दल दर्ता भएको हो । सभापति कल्पितका अनुसार, यो दल प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि स्थापना गरिएको हो ।

प्रसाईंलाई केन्द्रीय कमिटीबाट संरक्षकको रूपमा अनुमोदन गरिने पनि कल्पितले जानकारी दिए ।

नयाँ दर्ता भएको यस दलमा हाल २९ जना केन्द्रीय सदस्य रहेका छन् । ‘नागरिक बचाउ दल नेपाल’ले आफ्नो चुनाव चिह्न ‘दुई पाइला’ पाएको छ ।


Facebook Comments