दुर्गा प्रसाईंलाई तुरुन्तै रिहा गर्न ओलीको माग

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/shares/kp-sharma-oli-6-1024x500.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले बोलेकै आधारमा कसैलाई थुन्न नपाइने भन्दै आपत्ति जनाए ।

ओलीले मानव अधिकार आयोगले समेत बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेको स्मरण गराउँदै प्रसाईंलाई तत्काल रिहा गर्न माग गरे ।

प्रसाईंले दिउँसो भिडियो सार्वजनिक गरेको आधारमा रातारात पक्राउ गर्नुमा सरकारको ’ताउरमाउर’ देखिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागे ।

उनले अभिव्यक्ति दिएकै आधारमा आक्रोशित वा उत्तेजित भएर मान्छे गिरफ्तार गर्न नहुने र ‘राताराति स्वेच्छाचारी ढंगले के गरेको?’ भन्दै यो सरकारले तमासा गरिरहेको आरोप लगाए ।

प्रसाईंले भिडियोमार्फत भएकै कुरा सार्वजनिक गरेको ओलीको दाबी छ ।


Facebook Comments