सुदूरपश्चिमले काठमाण्डुविरुद्ध पहिला ब्याटिङ गर्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १८:२९
Image of https://mayorsap.com/storage/photos/shares/sudur-kathmandu.jpg

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सुदूरपश्चिम रोयल्स यस सिजनमा आफ्नो पहिलो खेल खेल्न लागेको छ ।

काठमाण्डु गोर्खाज भने आजको खेलमा दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाण्डुले आफ्नो पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो ।


Facebook Comments