समयमा निर्वाचन नभए मुलुक जोखिममा जान सक्छ : मन्त्री खरेल

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १८:३०
Image of https://mayorsap.com/storage/photos/shares/jagdish-kharel.jfif

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लागिरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा बोल्दै मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन सरकार लागिरहेको जानकारी दिए ।

उनले तोकिएको समयमा निर्वाचन नभए मुलुक नयाँ जोखिममा जानसक्ने चेतावनीसमेत दिए ।

मन्त्री खरेलले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको बताए ।

उनले निर्वाचन सम्पन्न गराउन राष्ट्रिय सभाका सदस्यहरू तथा संसदीय समितिको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सहयोग गर्न आग्रह गरे ।

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए ।


Facebook Comments