काठमाण्डुलाई सुदूरपश्चिमले दियाे १४८ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते ००:१८
Image of https://mayorsap.com/storage/photos/shares/jabcafashhata.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक प्रदर्शन गर्दै मात्र २० बलमा ५३ रनको अर्धशतकीय पारी खेले । कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ रन र आरिफ शेखले २५ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

काठमाण्डुका कप्तान करण केसीको बलिङ उत्कृष्ट रह्यो । उनले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

करणले पहिलो ओभरमै २ विकेट लिएर सुदूरपश्चिमलाई सुरुमै दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले पनि दुई–दुई विकेट लिए ।


Facebook Comments