हेटौंडाको २५ मिटर सडक रेखाङ्कन कार्यमा स्थानीयको अवरोध
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १४:१६
हेटौँडा । हेटौँडाको बहुप्रतीक्षित २५–२५ मिटर सडक विस्तारको तयारीमा पुनः अवरोध आएको छ ।
डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले हिजो हेटौँडा–९, मास्टर चोकबाट कर्रा पुलसम्मको क्षेत्रमा सुरु गरेको सडक नापजाँच र रेखाङ्कन कार्यलाई स्थानीयहरूले रोक्का गरेका छन् ।
स्थानीयहरूले क्षतिपूर्ति र वैधानिक प्रक्रियाबिना आफ्ना संरचना हटाउन नदिने अडान राखेका छन् । उनीहरूले सडक नापजाँच अघि स्पष्ट मुआब्जा नदिइएको र पछिल्ला वर्षमा पटक–पटक नक्सा परिवर्तन गरेकाे भन्दै आपत्ति जनाएका छन् ।
स्थानीयहरूले आफूहरू विकास विरोधी नभएको तर घर–व्यवसायमा उचित क्षतिपूर्ति र विकल्पबिना धावा बोल्न नदिने बताएका छन् ।
अवरोध बढेपछि सडक डिभिजन र प्रशासनका प्रतिनिधिहरूबिच अस्थायी छलफल भए पनि नापजाँच र रेखाङ्कन कार्य स्थगित गएको छ ।
डिभिजन सडक कार्यालयले अतिक्रमित संरचना हटाउने पूर्व तयारीका रूपमा काम सुरु गरेको भए पनि अब सबै पक्षसँग सहमति जुटाएर मात्र पुनः अघि बढ्ने जनाएको छ ।
Facebook Comments