बीमाको प्रभावकारी विस्तारका लागि स्थानीय तहको अग्रसरता आवश्यक
षडानन्दमा बीमा प्राधिकरणको अन्तरक्रिया
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १३:०७
भोजपुर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिकामा बीमासम्बन्धी महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तेस्रो पक्ष बीमा, कर छुट, जीवन बीमाको बोनस, कृषि तथा बाली बीमाको अनुदान र अभिकर्ताहरूको काम कारबाही लगायतका विषयमा स्थानीय सरोकारवालाहरूले प्रश्न उठाएका थिए ।
षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राईले बीमाको प्रभावकारी विस्तारका लागि स्थानीय तहले अग्रसरता लिनुपर्नेमा जोड दिइन् । उनले गलत अभ्यास रोक्न कडा नियमन र मध्यस्थकर्तालाई कारबाही आवश्यक रहेको बताइन् ।
प्राधिकरण प्रमुख प्रती देवले उठेका प्रश्नहरूको जवाफ दिँदै सहभागीहरूलाई लाइसेन्स प्राप्त कम्पनी वा व्यक्तिमार्फत मात्र बीमा सेवा लिन आग्रह गरिन् ।
उनले कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान दिइरहेको र बीमा सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने जानकारी दिइन् ।
निर्जीवन बीमामा क्षति मूल्यांकनका कारण दाबी भुक्तानीमा केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न पनि उनले अनुरोध गरिन् ।
Facebook Comments