सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला २ लाख ५० हजार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १८:३२
Image of https://mayorsap.com/storage/photos/shares/sunko-bhauy-28112025070257-1000x0.jpg

काठमाडौं । नेपालमा सुनको मूल्यले आज (शुक्रबार) ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला २२ सय रुपैयाँको उच्च वृद्धि भएसँगै सुनको भाउ २ लाख ५० हजार रुपैयाँ नाघेको हो ।

बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रत्यक्ष प्रभाव भएको महासंघले जनाएको छ ।


Facebook Comments