नेपाः भाषा संरक्षणमा बजेटको कमी हुन दिँदैनौँ' : प्रमुख महर्जन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १५:१०
Image of https://mayorsap.com/storage/photos/shares/20251128-091538.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित पदाधिकारीहरूलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा र संस्कृतिको संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

नेपाः भाषा मंका खलःको १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन महानगरले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले भने, ‘बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं। नेपाः भाषा प्रवद्र्धनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ ।’

प्रमुख महर्जनले नेपाः भाषा, संस्कृति तथा सम्पदाको संरक्षणका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेवारी भाषा लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै, भाषा र लिपिको संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराइन् ।

नवनिर्वाचित अध्यक्ष महेन्द्रलाल महर्जनले नेपाः भाषाको प्रयोग घर–परिवारबाटै प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । 

उनले लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषा समावेश गराउनका लागि महानगरलगायत सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।


Facebook Comments