‘उज्यालो नेपाल पार्टी’ मङ्सिर १७ गते घोषणा हुँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १५:५५
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा हुने भएको छ ।
पार्टीका नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १७ गते प्रज्ञा भवन, कमलादीमा घोषणासभा आयोजना हुने जानकारी दिएका छन् ।
पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ नै रहनेछन् । सोही अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
विज्ञप्तिमा नेताहरूले आफूहरू दलहरूको भीडमा थप नयाँ दलको रूपमा मात्र नआएको दाबी गर्दै, ‘आम नेपाली जनताले विश्वास र भरोसा गरेको, कामबाट प्रमाणित नेतृत्व (कुलमान घिसिङ) हामीसँग छ’ भनेका छन् ।
उज्यालो नेपाल पार्टीले समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, सङ्गठन र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।

Facebook Comments