जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशतले बढ्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १४:४५
Image of https://mayorsap.com/storage/photos/shares/japan_1.jpg

एजेन्सी । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशतले बढेको थियो, जसलाई पछिल्लो संशोधनपछि अझ बढाइएको हो । अक्टोबरमा मोटर सवारी क्षेत्र मात्र ६.६ प्रतिशतले बढ्दा समग्र उत्पादन वृद्धि भएको बताइएको छ ।

सम्बन्धित १५ मध्ये ९ उद्योगले वृद्धि देखाएका छन्, जसमा विद्युतीय मेसिन तथा सूचना–सञ्चार उपकरण क्षेत्र पनि समावेश छन् । पाँच उद्योग विद्युतीय पुर्जा तथा उपकरण क्षेत्र, घटेको मन्त्रालयले स्पष्ट पारेको छ ।

अमेरिकाका परिवर्तनशील भन्सार नीतिहरू तथा देशभित्रै महँगी बढेकाले मागमा आएको कमजोरीजस्ता कारणले आगामी दिनमा उत्पादनको अवस्थाबारे उद्योगिहरू अझै चिन्तित रहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

मन्त्रालयले औद्योगिक उत्पादनबारे आफ्नो मूल्याङ्ङ्ङ्कन यस महिनामा पनि परिवर्तन नगरी ‘अनिश्चित रूपमा उतार–चढाव भइरहेको’ उल्लेख गरेको छ ।


Facebook Comments