के इमरान खानको मृ*त्यु भइसकेकाे हाे ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते २१:०९
एजेन्सी । अफगानिस्तानको एक मिडिया रिपोर्टले इमरान खानको जेलमै मृत्यु भएको दाबी गरेको छ। भारतीय मिडियामा पनि याे समाचार छ्याप्छ्याप्ति छन् । बंगलादेशमा पनि सनसनीपूर्ण समाचार फैल्याइएकाे छ । के त्यसाे हाे भने याे गाेप्य सूचना अफगानिस्तान, भारत र बंगलादेशमा किन फैलियाे । के इमरान खानकाे मृत्युमा यी देशहरू जिम्मेवार छन् ?
पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान दुई वर्षभन्दा बढी समयदेखि जेल सजाय भोगिरहेका छन् । धेरै प्रयासहरूका बाबजुद पनि उनी अझै पनि जेलबाट बाहिर निस्कन सकेका छैनन् । इमरान हाल रावलपिंडीको अदियाला जेलमा छन् र उनको परिवार र समर्थकहरूले उनको रिहाइको माग गरिरहेका छन्, तर उनको रिहाइको बाटो अझै पनि पत्ता लाग्न सकेको छैन।
पूर्व पाकिस्तानी प्रधानमन्त्रीको परिवारले खानसँग भेट गर्न नपाएको गुनासाे गरिरहेका बेला अहिले भने इमरान खानकाे जेलभित्रै हत्या भएको सनसनीपूर्ण हल्ला फैलिइरहेको छ । इमरान खानकाे हत्याको विषय भारत, बंगलादेश र अफगानिस्तानका मिडियाले फैल्याइरहेका छन् । के त्यसाे हाे भने भारत, बंगलादेश वा अफगानिस्तानकाे याेजनामा खानकाे हत्या गरिएकाे हाे त ? कसैले त यसरी पनि साेच्न थालेका छन् ।
इमरानकी बहिनीकाे अचम्म लाग्ने कुरा सार्वजनिक !
आफ्नो भाइको मृत्युको हल्लाको बारेमा बोल्दै, इमरानकी बहिनी नूरिन नियाजीले पाकिस्तान आफ्नो सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको र हिटलरको समयमा मानिसहरूलाई जसरी उत्पीडन गरिएको थियो, अहिले पाकिस्तानमा पनि त्यस्तै भइरहेको " बताएकी छिन् । एक कदम अगाडि उनले विगत २५ दिनदेखि इमरान खानसँग भेट गर्न नदिएकाे बताएकी छिन् ।
उनका यी भनाईले पनि इमरान खानकाे हत्या भएकाे समाचारलाई आधिकारिक सूचनाका रुपमा हेरिन थालेकाे छ । त्यसो त इमरान खानले केही अघि 'मेरो मृत्युको लागि असिम मुनीर जिम्मेवार छन्' भनेर लेखेकाे विषय पनि अहिले भाइरल छ । मे २, २०२४ मा बेलायतको टेलिग्राफमा प्रकाशित इमरान खानको पहिलेकै लेखका कारण वातावरण झनै तनावपूर्ण बनेको छ। त्यो लेखमा खानले सैन्य प्रतिष्ठानले आफूलाई फसाउन सबै उपायहरू प्रयोग गरिसकेको र अब आफूलाई आफ्नो ज्यानको डर भएको लेखेर हंगामा मच्चाएका थिए ।
उनले स्पष्ट रूपमा भनेका थिए कि यदि उनलाई वा उनकी श्रीमतीलाई केही भयो भने, सेना प्रमुख जनरल असिम मुनीर प्रत्यक्ष रूपमा जिम्मेवार हुनेछन् । आज, सामाजिक सञ्जालमा उनको मृत्यु वा अस्वस्थताको हल्ला फैलिँदै जाँदा, उही लाइनहरू फेरि चर्चाको केन्द्रमा आएका छन् ।
अदियाला जेल बाहिर बढ्यो भीड
इमरान खानका समर्थकहरू र पीटीआई कार्यकर्ताहरू आदियाला जेल बाहिर निरन्तर भेला भइरहेका छन् । उनीहरूले खानसँग तत्काल परिवारिक भेटघाटको वातावरण मिलाउन दवाव दिएका छन् । अदालतले पनि खानसँग परिवारलाई भेट्न दिनू भन्ने आदेश दिएकाे छ । अदालतको आदेशको अवज्ञा गर्दै जेल प्रशासनले भने इमरान खानसँग पारिवारिक भेट हुन दिएकाे छैन । यसले अझ बढी आशंकाहरू बढाएकाे छ ।
खानका कान्छा छोराकाे सन्देशले अवस्था अझ विकराल !
इमरान खानका कान्छा छोरा कासिम खानले बेलायतबाट सामाजिक सञ्जाल मार्फत एक भावनात्मक सन्देश जारी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्टमा, कासिमले आफ्नो बुबालाई ८४५ दिनभन्दा बढी समयदेखि जेलमा राखिएको उल्लेख गरेका छन् । उनले आफ्नो बुबालाई विगत डेढ महिनादेखि मृत्युदण्ड कक्षमा राखिएको दाबी गरेका छन्, जहाँ उनको परिवारसँग कुनै सम्पर्क छैन ।
आफ्ना बुबा छ हप्तादेखि आइसोलेसनमा रहेकाे, र परिवारलाई उनको स्वास्थ्यको बारेमा पनि थाहा हुन नदिइएकाे कासिमकाे दाबी छ । 'कुनै फोन कल छैन, कुनै भेटघाट छैन, र उनको स्वास्थ्यको कुनै समाचार छैन। मेरो भाइ र म कुनै पनि हिसाबले हाम्रो बुबालाई सम्पर्क गर्न असमर्थ छौं' उनले लेखेका छन् ।
कासिमका अनुसार, सुरक्षाका बहानामा जानाजानी जानकारी लुकाउने काम भएकाे छ । उनले चेतावनी दिँदै भनेका छन्, 'यदि इमरान खानलाई केही अप्रिय भयो भने, पाकिस्तानी सरकार र इमरान खानकाे विरूद्ध लागेका देशी विदेशी तत्वहरू जिम्मेवार हुनेछन् ।' कासिमले अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूबाट हस्तक्षेपको आह्वान गरेका छन्।
सरकार भन्छ: आत्तिनु पर्दैन, इमरान सुरक्षित छन्
सरकार र जेल प्रशासन दुवै इमरान खानलाई जेलमा आराम र सुरक्षा दुवै प्रदान गरिएको दाबी गर्छन् । उनीहरू भन्छन् कि खानलाई सारिएको छैन, न त उनको स्वास्थ्य खतरामा छ । प्रशासनले यो पनि दाबी गर्छ कि पीटीआई नेताहरूलाई सबै आवश्यक जानकारी प्रदान गरिएको छ, तर परिवार र सहयोगी समूहहरूले खानलाई जेलमा भेट गर्न नदिएपछि इमरान खानकाे हत्या भएकाे सनसनीपूर्ण सामाचार सत्य हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
Facebook Comments