तिला गाउँपालिकाले एक वर्षमा उठायो २६ लाख राजस्व
८७.७५ प्रतिशत बजेट खर्च
मेयरसाप डेस्क
|
२०८२ मंसिर १५ गते ०६:५६
जुम्ला । तिला गाउँपालिकाले एक वर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ रु १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ रु २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्रतिशत खर्च भएको छ ।
जम्मा चालु र पुँजीगत गरी रु ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए। बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७ दशमलव ८३ प्रतिशत खर्च भएको छ ।
विकास निर्माणदेखि सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए ।
Facebook Comments