खैरो हिरोइन र नगदसहित बाफलबाट लाखे पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १५ गते २१:१४
Image of https://mayorsap.com/storage/photos/shares/1747201857.jpg

काठमाडौं । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौंको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले उनका साथबाट एक थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। 


Facebook Comments