जैमिनी नगरपालिका ९ को वडा कार्यालय बनाउन निःशुल्क जग्गा प्रदान

वडा कार्यालयको भवन बनाउने बाटो खुल्यो

No Author Assigned | २०८२ मंसिर १६ गते १५:२९
Image of https://mayorsap.com/storage/photos/shares/kusmisera.jpg

बागलुङ । जैमिनी नगरपालिका–९ को वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ । 

स्थापनाकालदेखि हालसम्म वडा कार्यालयले पैयुँथन्थाप स्वास्थ्य चौकीको साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको थियो। 

स्थानीय नैनकली पाध्यायको परिवारले चार रोपनी निःशुल्क जग्गा प्रदान गरेको हो । अब वडा कार्यालयको भवन बनाउने बाटो खुलेको छ । स्वास्थ्य चौकी र वडा कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या थियो। 

जग्गा प्राप्तिका लागि धेरै समय अगाडिदेखि नै प्रयास गर्दै आए पनि अहिले बल्ल प्राप्त गर्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। जग्गा पाएसँगै अब भवन निर्माणका लागि बजेट व्यवस्थापनतर्फ केन्द्रित हुने उनको भनाइ छ । 


Facebook Comments