पाल्पा सिमेन्टको आइपिओ निष्काशन अघि नै विवादमा, स्थानीयले गरे बहिष्कार
अधिकार खोसिएको भन्दै चौतर्फी विरोध
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १५:४४
काठमाडौं । पुस २५ गतेदेखि निष्काशनको तयारीमा रहेको पाल्पा सिमेन्टको प्राथमिक सेयर (आइपिओ) विवादमा तानिएको छ ।
उद्योगबाट प्रभावित क्षेत्रमध्येको देवदह नगरपालिकाका स्थानीयलाई सेयर वितरण प्रक्रियामा नसमेटिएको भन्दै चौतर्फी विरोध सुरु भएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्ने तयारी गरेको थियो ।
तर, उद्योगको वातावरणीय प्रदूषणबाट प्रत्यक्ष प्रभावित देवदहबासीलाई नै ‘बाइपास’ गरिएपछि विवाद चर्किएको हो ।
स्थानीयको चर्को विरोधपछि देवदह नगरपालिकाले कम्पनीलाई औपचारिक पत्र नै काटेर आइपिओमा समावेश गर्न माग गरेको छ ।
नगरपालिकाले पत्रमा लेखेको छ– ‘उद्योगको प्रदूषण र वातावरणीय प्रभाव देवदहका स्थानीयमा प्रत्यक्ष देखिएकाले यस नगरपालिकालाई अनिवार्य रूपमा प्रभावित क्षेत्रमा समावेश गरी मापदण्ड अनुसार आइपिओ सुनिश्चित गरियोस् ।’
स्थानीयले कम्पनीले विभेदकारी नीति अपनाएको आरोप लगाउँदै माग सम्बोधन नभए आइपिओ रोक्ने चेतावनी समेत दिएका छन् ।
Facebook Comments