मेल्लेखमा नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्ट हाजिर

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १६:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo_33.jpg

अछाम । अछामको मेल्लेख गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नारायण विष्ट हाजिर भएका छन् ।

लामो समयदेखि निमित्तको भरमा चल्दै आएको पालिकामा शुक्रवार विष्ट हाजिर भएका हुन् । बाँकेको डुडुवा गाउँपालिकाबाट सरुवा भई आएका विष्टलाई गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले प्रमुख प्रशासकीय अधिकृतको स्थायी उपस्थितिसँगै अब पालिकाको प्रशासनिक कामकाज, विकास योजना कार्यान्वयन र सेवा प्रवाहले गति लिने विश्वास व्यक्त गरे ।

पदभार ग्रहण गर्दै अधिकृत विष्टले जनप्रतिनिधि र कर्मचारीसँगको समन्वयमा रही समयमै गुणस्तरीय सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई तीव्रता दिन आफू प्रतिबद्ध रहेको बताए ।


Facebook Comments