धनगढीको फोर्स मोटर सर्भिस सेन्टरमा आगलागी

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १७:४१
Image of https://mayorsap.com/storage/photos/shares/aag.png

धनगढी । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा रहेको एक मोटर सर्भिस सेन्टरमा लागेको आगलागी नियन्त्रणमा लिइएको छ । ६ लेन सडकखण्ड अन्तर्गत डी.के. आयल स्टोर नजिकै रहेको ‘फोर्स मोटर सर्भिस सेन्टर’मा अचानक आगलागी भएको हो ।

आगलागीको जानकारी पाउनेबित्तिकै धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरी घटनास्थल पुगेका थिए । नगर प्रहरी र दमकल टिमको सक्रियतामा आगोलाई थप फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट के–कति क्षति भयो र आगलागीको कारण के थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको नगर प्रहरीले जनाएको छ । समयमै दमकल र सुरक्षाकर्मी पुगेका कारण नजिकै रहेको आयल स्टोरमा हुन सक्ने ठूलो जोखिम टरेको छ ।


Facebook Comments