रवि–बालेन र कुलमानलाई अदृश्य शक्तिले मिलायो : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १७:४९
Image of https://mayorsap.com/storage/photos/shares/prachanda-wnih3e4hms.jpg

सङ्खुवासभा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भइरहेको भनिएको एकतालाई अदृश्य शक्तिको खेल भएको आशंका व्यक्त गरेका छन् ।

प्रचण्डले आफूले टेलिभिजनमा सुनेको प्रसंग उल्लेख गर्दै एक नेतालाई डेराबाटै अपहरणको शैलीमा लगेर मुद्दा र जेलको डर देखाई जबरजस्ती एकता गराइएको दाबी गरे ।

उनले बंगलादेश, श्रीलङ्का र इन्डोनेसियाको राजनीतिक परिस्थितिको उदाहरण दिँदै नेपालमा पनि ’जेनजी’को नाममा घुसपैठ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

आफ्नो पार्टीको विस्तारबारे जानकारी दिँदै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीमा हालसम्म १७ वटा दलहरू एकताबद्ध भइसकेको र पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीसँग पनि एकता भएको बताए ।

संयोजक दाहालले आफूहरूले कसैलाई दबाब नदिएको र विचार मिल्नेहरू स्वेच्छाले राष्ट्र जोगाउने संकल्पका साथ एकीकृत भइरहेको जिकिर गरे ।


Facebook Comments