इलाम–२ मा सुहाङ नेम्वाङको नाम एकल सिफारिस
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १४:४०
इलाम । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको एमाले जिल्ला कमिटी इलामको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
एमाले केन्द्रीय सदस्य समेत रहेका सुहाङ यसअघि भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई पार्टीले पुनः सोही क्षेत्रमा चुनावी मैदानमा उतार्ने निश्चित भएको छ ।
पार्टीभित्र अन्य आकाङ्क्षी नदेखिएपछि जिल्ला कमिटीले उनको नाम मात्र केन्द्रमा पठाएको हो । फागुनमा हुने निर्वाचनका लागि एमालेले इलाममा सुहाङकै नेतृत्वमा चुनावी अभियानलाई तीव्रता दिने तयारी गरेको छ ।
Facebook Comments