चिसोमा बालबालिकालाई ट्रयाकसुट वितरण गर्दै त्रिवेणी गाउँपालिका
चिसोले पढाइ नरोकियोस् भन्ने ध्येय
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १७:१५
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–१ ले बढ्दो चिसोलाई मध्यनजर गर्दै आधारभूत विद्यालयका २ सय ८३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको छ ।
वडाभित्रका ६ वटा आधारभूत विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई सो पोसाक प्रदान गरिएको हो । पोसाक पाउनेहरूमा निराजन, सिद्धगुफा, सरस्वती, सिद्धदेवी, जनसहयोग र बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरू रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई चिसोका कारण विद्यालय आउन समस्या नहोस् भन्ने उद्देश्यले वडाको वार्षिक कार्यक्रमअनुसार यो सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिए ।
गाउँपालिकाले वडा नं १ बाट सुरु गरेको यो अभियानलाई पालिकाका अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ । न्यानो कपडा पाएपछि चिसो मौसममा विद्यालय जान सहज हुने भन्दै बालबालिका र अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।
Facebook Comments