लहानमा जङ्गली हात्तीको आतंक : पाँच घर भत्कायो, गाउँले त्रसित
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १६:५६
सिरहा । सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा गएराति जङ्गली हात्तीको समूहले विध्वंस मच्चाएको छ । चुरे जङ्गलबाट बस्तीमा पसेको हात्तीको हुलले स्थानीय पाँच जनाको घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात खाएर नष्ट गरेको छ ।
वडा अध्यक्ष गडुल बहादुर जर्गामगरका अनुसार हात्तीले स्थानीय भूपाल थापा मगर, गोपाल थापा मगर, जालबहादुर थापा र रामबहादुर थापालगायतको घरमा क्षति पुर्याएको हो ।
हात्तीहरू अझै पनि गाउँ नजिकैको झाडीमा बसिरहेकाले स्थानीय बासिन्दा त्रसित छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले हात्तीको निगरानी गरिरहेको छ ।
गाउँलेहरू थप क्षति हुन नदिन रातभर जाग्राम बस्न थालेका छन्, भने वन कार्यालयले चुरे क्षेत्रको वन अतिक्रमण गरी बसेका बस्तीहरूमा हात्तीको आउजाउ भइरहने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
Facebook Comments