सुपरहिट चलचित्र ‘१२ गाउँ’ अब ‘डिशहोम गो’ एपमा उपलब्ध
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते ११:१२
काठमाडौं । बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको कीर्तिमानी व्यापार गर्न सफल वर्षकै चर्चित नेपाली चलचित्र ‘१२ गाउँ’ अब मोबाइलमै हेर्न सकिने भएको छ । डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिशहोम गो’ एपमार्फत यो चलचित्र प्रदर्शनमा ल्याएको हो ।
नेपालभित्र रहेका दर्शकहरूले रु.२२५ भुक्तानी गरेर यो चलचित्रको आनन्द लिन सक्नेछन् भने विदेशमा रहेका नेपालीहरूका लागि १.९९ अमेरिकी डलर शुल्क तोकिएको छ ।
अभिनेता बिराज भट्टको निर्देशनमा तयार भएको यो चलचित्र प्राचीन ‘१२ गाउँ’ मा हुने अत्याचार र त्यसका विरुद्ध उभिने एक विद्रोही योद्धाको सङ्घर्षमा आधारित छ ।
यसै चलचित्रमार्फत बिराजका छोरा समीर भट्टले नेपाली रजतपटमा डेब्यु गरेका छन् । ‘एङ्ग्री योङ म्यान’ को छविमा प्रस्तुत समीरको दमदार एक्सन र अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।
चलचित्रमा बिराज भट्ट, सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, नरेन खड्का, सनिशा भट्टराई, न्यान्सी खड्का र सुलेमान शङ्कर ‘इकु’ लगायतको सशक्त अभिनय रहेको छ । सन्तोष सरकारको लेखन रहेको यस चलचित्रको निर्माता सरस्वती भट्ट हुन् ।
डिशहोम गो एपमार्फत दर्शकले चलचित्र मात्र नभई वेब सिरिज, लाइभ खेलकुद, र नेपाली भाषामा डब गरिएका चर्चित कोरियन ड्रामाहरू समेत हेर्न सक्नेछन् ।
हलसम्म पुग्न नभ्याएका वा विदेशमा रहेका नेपाली सिनेप्रेमीहरूका लागि यो एप घरमै बसेर गुणस्तरीय मनोरञ्जन लिने उपयुक्त माध्यम बनेको छ ।
Facebook Comments