जयगढमा स्कुलबाटै १३ वर्षीया किशोरीको अपहरण
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १३:२३
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय परिसरबाटै १३ वर्षीया एक किशोरीको अपहरण भएको छ । कक्षा ७ मा अध्ययनरत ती किशोरीलाई गत बिहीबार विद्यालयबाट घर फर्किने क्रममा अपहरण गरिएको हो
प्रत्यक्षदर्शीका अनुसार, रामारोशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले ‘घर पुर्याइदिन्छु’ भन्दै फकाएर किशोरीलाई मोटरसाइकलमा हालेर लगेका थिए । मोटरसाइकलमा चढाउँदा किशोरी रोइकराइ गरेकी थिइन् ।
विद्यालय पोसाकमै रहेकी किशोरी अपहरणमा परेको ६ दिन बितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ । पीडित परिवारले घटनाको जानकारी तत्कालै प्रहरीलाई गराए पनि सुरुमा प्रहरीले गैरजिम्मेवार जवाफ दिएको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले भने अपहरणकारीको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको बताए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सन्तोषकी पत्नी झरना साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Facebook Comments