पूर्वप्रधानमन्त्री ओलीलाई जाँचबुझ आयोगले काट्यो पत्र
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १७:५०
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गरेको छ ।
सार्वजनिक मञ्चहरूबाटै बयान दिन नजाने अडान लिँदै आएका ओलीलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले औपचारिक रूपमै पत्र पठाएको हो ।
आयोगले यसअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ ।
सुरुमा तीन महिनाको म्याद पाएको आयोगको कार्यकाल काम नसकिएपछि एक महिना थप गरिएको छ ।
Facebook Comments