बुढिगंगाका तत्कालीन मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रशासनिक भवन निर्माणमा मिलेमतो

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १७:३०
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । बाजुराको बुढिगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा मिलेमतो र भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जना र निर्माण कम्पनीसँग ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो तथा कैद सजाय मागदाबी गरेको छ ।

बोलपत्रको सर्त र मापदण्ड बदनियतपूर्वक परिवर्तन गरी नगरपालिकालाई हानि पुर्याएको अख्तियारको निष्कर्ष छ । प्रतिवादीहरूमा नगरपालिकाका प्राविधिक कर्मचारी, लेखापाल र निर्माण व्यवसायीका प्रतिनिधिहरू समेत रहेका छन् ।

मिलेमतोमा बढी कबोल गर्ने बोलपत्रदातालाई ठेक्का दिएर सार्वजनिक कोषको दुरुपयोग गरेको अभियोगमा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो ।


Facebook Comments