न्यायपालिकाविरुद्ध अराजक अभिव्यक्ति दिन छुट छैन : प्रधानन्यायाधीश राउत

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १७:१२
Image of https://mayorsap.com/storage/photos/shares/rawat.jpg

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालमार्फत न्यायपालिका र न्यायाधीशहरूमाथि भइरहेका सुनियोजित र अभद्र टिप्पणीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

आइतबार सम्पादकहरूसँगको छलफलमा बोल्दै उनले देशको वर्तमान अवस्था तरल र संवेदनशील रहेको भन्दै अदालतको मर्यादामा आँच पुर्याउने छुट कसैलाई नभएको बताएका हुन् ।

प्रधानन्यायाधीश रावतले तथ्यगत र स्वच्छ आलोचनाको स्वागत गरिने भए पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा न्यायपालिकाको गरिमा ध्वस्त पार्न नहुने स्पष्ट पारे ।

उनले मिडियाले सत्यतथ्य उजागर गरेमा आफूहरू सच्चिन तयार रहेको उल्लेख गर्दै अराजक र अतिरञ्जित सामग्रीको प्रसारले राज्यको प्रणालीमै असर पुग्ने चेतावनी समेत दिए ।


Facebook Comments