Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको केन्द्रीय समितिमा थपिएकाहरूकाे सूची यस्ताे छ (सूचीसहित)

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते २०:२०
Image of https://mayorsap.com/storage/photos/shares/raswapa.jpg

काठमाडौं । आज बसेकाे सचिवालय बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप सदस्यहरू मनोनीत गरेको छ ।

काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू थपेको हो ।

आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको हो ।

विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई दिउँसो केन्द्रीय समितिमा मनोनीत गरिएको थियो ।


उनीहरूसहित साँझ सवा ७ बजे घण्टीघरमा पुन: बैठक बसेको थियो । उक्त बैठकमा थप २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यी हुन् थपिएका सदस्यहरू:

बालेन शाह

सुनिल लम्साल

भूपदेव शाह

सस्मित पोखरेल

सागर ढकाल

लक्ष्मण थारु

रमेश पौडेल

खगेन्द्र सुनार

गणेश पौडेल

सन्तोष गिरी

डा. नमिता यादव

सरिता ज्ञवाली

सुशान्त वैद्य

लक्ष्मी बर्देवा

शिव यादव

रोहन कार्की

अनन्तराज घिमिरे

रामकुमार ढुंगाना

प्रदीप ज्ञवाली

जेम्स कार्की

मधुसुदन ढकाल

ओजस्वी थापा

केपी खनाल

आदित्य आचार्य

प्रदीप पाण्डे

खेमराज साउद


Facebook Comments