मकवानपुरको जुरीखेतमा जिप दुर्घटना: ६ जनाको मृत्यु
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते २०:३२
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।
जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जानकराी दिएकाे छ।
घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी प्रहरीले उपचारका लागि हेटौंडा पठाएको थियो । ९ जनामध्ये ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
Facebook Comments