उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते ०९:२३
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभावका कारण तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहे पनि तराईको जनजीवन हुस्सुका कारण प्रभावित भएको छ ।
तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरोको साम्राज्य रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ, भने बाँकी स्थानमा घाम लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहनेछ । तराईमा भने रातको समयमा पनि हुस्सु लाग्ने क्रम जारी रहने महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुन सक्ने भन्दै यात्रा गर्दा र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
Facebook Comments