शिवनाथमा बालअधिकार र बेरुजु फर्स्योटसहित पाँच विधेयक पारित
केही पुराना योजनामा संशोधन
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते ०९:४०
बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाको गाउँसभाको १६औँ अधिवेशन बुधबार सफलतापूर्वक सम्पन्न भएको छ ।
अधिवेशनले पालिकाको कार्यसम्पादन र सुशासनलाई थप सुदृढ बनाउन महत्वपूर्ण पाँचवटा विधेयकहरू पारित गरेको छ ।
पालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार सभाले ’गाउँसभा सञ्चालन तथा कार्यसञ्चालन विधेयक २०८२’, ’लेखा समिति गठन तथा कार्य सञ्चालन विधेयक २०८२’ र ’बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी विधेयक २०८२’ पारित गरेको हो ।
यसैगरी, आर्थिक पारदर्शिताका लागि ’आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२’ र ’बेरुजु फस्र्योट विधेयक २०८२’ पनि सर्वसम्मतिले पारित भएका छन् ।
सभाका सदस्य–सचिव एवं प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले अधिवेशनले विधेयकहरू पारित गर्नुका साथै कार्यपालिकाले यसअघि गरेका विभिन्न निर्णयहरूलाई अनुमोदन गरेको जानकारी दिए ।
साथै, सभाले चालू आर्थिक वर्षका केही योजनाहरूलाई आवश्यकता अनुसार संशोधनसमेत गरेको छ ।
Facebook Comments