युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १०:४३
Image of https://mayorsap.com/storage/photos/shares/bablu-gupta.jpg

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी गरिरहेका गुप्ताले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

उनले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेको र आज बिदा भएकाले दर्ता हुन नपाएको जानकारी दिएका छन् ।

उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते सहभागी भएका थिए । पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका गुप्तासँग प्रधानमन्त्री कार्की पनि असन्तुष्ट थिइन् ।

याे पनि पढ्नुहाेस्

राजनीति गर्ने भए मन्त्री पद छाडेर बाटो ‘क्लियर’ गर्नुस् !


Facebook Comments