आशिका तामाङले लिइन् उम्मेदवारी फिर्ता

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १३:५९
Image of https://mayorsap.com/storage/photos/shares/aashika.jpg

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

उम्मेदवारी फिर्ताका लागि तोकिएको समय सीमाभित्र उनले निर्वाचन अधिकृतको कार्यालयमा फोन र इमेलमार्फत आफ्नो नाम फिर्ता लिने जानकारी गराएकी हुन् ।

निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार, तामाङले ’उम्मेदवार हुन इच्छा नभएको’ भन्दै प्रतिनिधि सभा निर्वाचन ऐनको दफा २५ (१) बमोजिम फिर्ताको निवेदन पठाएकी छन् ।

तामाङको जर्मन स्थायी आवासीय अनुमति पत्र (एच्) सम्बन्धी विवाद सार्वजनिक भएपछि उनले यो कदम चालेकी हुन् । यद्यपि, उनले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुको कारण सो विवाद नभएको दाबी गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले उनी स्वयं उपस्थित भएपछि यस विषयमा औपचारिक निर्णय गर्ने जनाएको छ ।


Facebook Comments