गोरखा-२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

अब 'अभिभावक'को भूमिकामा

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १३:३३
Image of https://mayorsap.com/storage/photos/shares/baburam-Bhattarai-File-Photo-1024x576.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

भट्टराईको सचिवालय स्रोतका अनुसार, आज आफूनिकट नेताहरूसँगको छलफलपछि उनले चुनावी मैदानबाट बाहिरिने निर्णय लिएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूले उनलाई निर्वाचनमा ‘अभिभावक’ बनेर सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

शीर्ष नेताहरूको सोही आग्रह र बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले उम्मेदवारी फिर्ता लिने निधो गरे । उनको यो निर्णयसँगै गोरखा–२ को चुनावी प्रतिस्पर्धा अब झन् रोचक हुने देखिएको छ ।


Facebook Comments