पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १८:२३
Image of https://mayorsap.com/storage/photos/shares/russia-ukraine-war-1-1024x576.jpg

एजेन्सी । पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रमा बिहीबार भएको आक्रमणले अन्य पाँच जनालाई घाइते बनाउनुका साथै  दुई घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीरूले बताएका छन् ।

 मत्यु हुनेमा एकजना ३२ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरा र उनीहरूका दुई छिमेकीहरु रहेको अधिकारीहरुले टेलिग्राम मार्फत  विज्ञप्ति जारी गर्दै जनाएका छन् । 

चेरकास्के गाउँमा भएको आक्रमणमा तीन जना किशोरी र एक ३४ वर्षीया महिला घाइते भएको जनाइएको छ । 

मस्कोले पूर्ण नियन्त्रण नभए पनि सन् २०२२ को अन्त्यमा औद्योगिक क्षेत्रलाई आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

मस्कोले युक्रेनी सेनाहरूले लगभग चार वर्ष अघि सुरु गरिएको पूर्ण आक्रमण अन्त्य गर्न कुनै पनि शान्ति सम्झौताको भागको रूपमा डोनेट्स्क छोड्नुपर्ने माग गरि रहेको छ । 

क्रेमलिन समर्थकको पछाडि आफ्नो सैन्य र राजनीतिक प्रभाव देखाए पछि रूसले यस क्षेत्रका केही भागहरू र छिमेकी लुगान्स्कमाथि नियन्त्रण राखेको छ ।


Facebook Comments