निर्वाचन लक्षित भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्न निर्देशन

निर्वाचन लक्षित साइबर सुरक्षा

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १५:५९
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-f299f280.jpeg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सरकारी टोलीले आइतबार भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो र हनुमानढोकास्थित पुरानो प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको छ ।

गृह सचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित ब्युरो पुगेका गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित बनाउन सामाजिक सञ्जालको सुक्ष्म अनुगमन गर्न निर्देशन दिए । 

उनले निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन, भ्रामक र कानुनले वर्जित गरेका सामग्रीहरू रोक्न ब्युरोले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन बिथोल्ने वा सामाजिक सद्भावमा खलल पुर्याउने खालका अवैधानिक पोस्ट र मिथ्या जानकारीहरूलाई नियन्त्रण गर्न माथिको आदेश पर्खिरहनु नपर्ने प्रस्ट पारे । 


Facebook Comments