कोशीबाट राष्ट्रिय सभामा एमालेकी मेचे निर्वाचित

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १७:०९
Image of https://mayorsap.com/storage/photos/shares/roshani-meche.jpg

काठमाडौँ । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचन अन्तर्गत महिला सदस्य पदमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन् ।

झापा धाइजनकी मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै माथिल्लो सदनको यात्रा सुनिश्चित गरेकी हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहे पनि मेचेले कूल ७ हजार १७३ मतभार प्राप्त गरी विजयी भएको तथ्याङ्कले देखाएको छ । निर्वाचनमा उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरिन् । 

न्यौपानेले नेपाली कांग्रेस, एमाले र जसपा सम्मिलित सत्ता गठबन्धनबाट ५ जना प्रदेश सांसद र स्थानीय तहका १७ जना मतदाताको मत आफूतिर तान्न सफल भए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।


Facebook Comments